दिल्लीमा भीषण आगलागी, ११ जनाको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको अलिपुर क्षेत्रमा बिहीबार भएको आगलागीमा ११ जनाको मृुत्यु भएको छ । समाचार संस्था एएनआईका अनुसार रङ र रासायनिक पदार्थको गोदाममा भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको हो ।

भारतको आगलागी विभागका अनुसार रङ र रासानयिक पदार्थका दुई गोदाममा लागेको आगलागीमा ११ जनाको ज्यान गुम्नुका साथै ४ जना घाइते भएका छन् । आगलागीपछि भयानक विस्फोटको आवाज आएको र नजिकका पसल तथा घरहरुमा पनि आगो लागेको प्रहरीले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन गरिएको छ । बुधवार बसेको संसदीय …

प्रतिकृया दिनुहॊस