काठमाडौंमा दुई हत्या : आरोपीलाई सार्वजनिक गर्दै प्रहरी

काठमाडौं । गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-९ गौशालास्थित सिरहा धनुषा होटल एण्ड लजमा शनिबार शनिबार महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन्। उनीसँगै आएका ती पुरुष फरार थिए ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आशंकामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ तर आरोपीको पहिचान खुलाइएको छैन ।

दुवै घटनाबारेका आरोपीलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री