घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज बिहिबार सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख १८ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ४ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि ५ रुपैयाँ प्रतितोलका दरले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दिगोको पहिलो व्यावसायिक विद्युतीय सवारीसाधनको कर्निवल

काठमाडाैं । दिगो ग्रुप दिगो अटो कार्निभल २०२४ को सम्पन्न भएको छ। कर्निवालमा ३०० भन्दा …

प्रतिकृया दिनुहॊस