कहाँको मौसम कस्तो ? (तीन दिनको पूर्वानुमान)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । देशका केही भू-भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपात हुुनेछ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो लुम्बिनी, सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु कमजोर हुँदा वर्षाको सम्भावना नरहेको विभागले जनाएको छ । पश्चिमी वायु कमजोर हुँदा वर्षा हुने सम्भावना पनि कमजोर हुन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after