देशभरका साढे ५ सय पालिकामा आयुर्वेदका निःशुल्क तीन सेवा : डा. प्रकाश ज्ञवाली (भिडियोसहित)

  • डा. प्रकाश ज्ञवाली

काठमाडौं । नेपालीले प्राचीनकालदेखि नै आफ्नै गाउँ-घर वरिपरि पाइने जडीबुटीमा आधारित आयुर्वेद औषधिको उपयोगबाट स्वास्थ्य रक्षा गर्दै आएका छन् । लामो कालखण्डदेखि निरन्तर रूपमा चलिआएको आयुर्वेद एउटा वैज्ञानिक पद्धति हो ।

नेपालको संविधानले स्वास्थ्यलाई जनताको मौलिक हकका रूपमा स्थापित गरेको छ । संविधानमा मौलिक हकका साथै राष्ट्रका नीतिमा आयुर्वेदलाई महत्त्व दिइएको छ । देश विकासको विशेष सुचकांक मानिएको स्वास्थ्य सेवामा सबै नागरिकको सहज र सरल पहुँच पुगोस् भन्ने हेतुले अनुसूची ५, ६ र ८ मा संघ, प्रदेश र स्थानीय तहको एकल अधिकार र अनुसूची ७ र ९ मा संघ, प्रदेश र स्थानीय निकायको साझा अधिकारअन्तर्गत स्वास्थ्यका विभिन्न विधा र पक्षलाई विशेष महत्वका साथ उल्लेख गरिएको छ ।

संविधानको भाग ४ को धारा ५१ (ज) को ७ मा ‘नेपालको परम्परागत चिकित्सा पद्धतिको रूपमा रहेको आयुर्वेद, प्राकृतिक चिकित्सा र होमियोप्याथिक लगायतका स्वास्थ्य पद्धतिको संरक्षण र प्रवर्धन गर्ने’ भनी उल्लेख गरिएको छ । संविधानका अनुसूचीहरू ५ को १६, अनुसूची ७ को १२ मा आयुर्वेद तथा वैकल्पिक चिकित्सालाई स्थान दिइएको छ ।

जनस्वास्थ्य ऐनको जनस्वास्थ्य नियमावलीमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत तीनवटा पूर्वापञ्चकर्म, सुत्केरी आमाको लागि सतावदी वितरण र योगलाई निःशुल्क आम मानिसमाझ पुर्‍याइरहेको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाले अहिले करिब साढे ५ सय पालिकामा सेवा दिइरहेको छ । सेवा नपुगेको स्थानमा चाँडै विस्तारको तयारी समेत भइरहेको छ ।

थप सुनौँ/हेरौँ आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवालीबाट :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दम्पतीहरूलाई आशावादी बनी अभिभावकत्वको सपना साकार पार्न इन्दिरा आईभीएफको आग्रह

काठमाडौं । एक अग्रणी प्रजनन केन्द्रका रुपमा परिचित इन्दिरा आईभीएफले दम्पतीहरूलाई आशालाई जीवित राख्दै आफ्नो …

प्रतिकृया दिनुहॊस