आयुर्वेद चिकित्साबाट नै समाज स्वास्थ्य बन्नसक्छ (भिडियोसहित)

काठमाडौं । वैदिककालभन्दा पहिले सुरु भएको आयुर्वेद विश्वकै सबैभन्दा पुरानो चिकित्सा प्रणाली हो । तर आयुर्वेदिक चिकित्सा पद्धति जहिले पनि आधुनिक ऐलोपेथिक चिकित्सापद्दतिको सेप लागेर ओझेलमा पर्दै आइरहेको छ ।

चन्द्रागिरि नगरपालिका १५ को वडा अध्यक्ष तथा सामाजिक विकास समितिको संयोजक धनश्याम लुइँटेल आयुर्वेद चिकित्साबाटै नै समाज स्वास्थ्य बन्नसक्ने बताउँछन् । नगरपालिकाको थानकोटमा सुरु गरेको सेवा अहिले मातातिर्थबाट पनि दिइरहेको छ । ‘यसको स्कोट गाउँमा मात्रै होइन शहरी क्षेत्रमा पनि छ,’ उनी भन्छन्, ‘रोग निदानको बाटो नै आयुर्वेद हो । जससुकैलाई पनि उपचार गर्न सम्भव छ ।’

समाजमा सचेतना फैलाउन सकिए यसको महत्त्व अझै बढेर जाने उनको बुझाइ छ । आम मानिसमा आत्मविश्वास हुन भने जरुरी रहेको लुइँटेलले बताए । जस्तोसुकै आधुनिक उपचार पद्धति आएपनि जडीबुटीको महत्त्व नघटेको उनको भनाई छ ।

थप हेरौं तलको भिडियोमा :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्रहरीका २८९ लेखापालको सरुवा, अब को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका २८९ जना लेखापालहरुको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको …

प्रतिकृया दिनुहॊस