इन्डियन आइडलको दौडबाट बाहिरिइन् मेनुका

काठमाडौं । नेपालकी मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’को टप १० बाट बहिरिएकी छन् । आइतबारको एपिसोडमा उनी बाहिरिएको घोषणा भएको हो ।

मेनुकाले पनि आफ्नो सामाजिक संजालबाट आफ्नो इण्डियन आइडलको यात्रा टुंगिएको जनाएकी छन् । ‘मेरो इण्डियन आइडलको यात्रा यहीँ सकिएको छ। तर, मेरो जीवनको सांगीतिक यात्रा भर्खर सुरु भएको छ,’ पौडेलले लेखेकी छन् ।

मेनुका उत्कृष्ट १० मा छनोट हुन सफल भएकी थिइन् । उनले फिल्मको गायन, रेकर्डिङ र कन्सर्टमा साथ दिन फ्यानलाई आग्रह गरेकी छन् ।

आइडलमा रहँदा उनले ‘सलार’मार्फत् भारतीय फिल्म गायनमा डेब्यू गरेकी थिइन् । चिकित्सकले उनलाई ‘एआई भिजन चस्मा’ पनि प्रदान गरेका थिए जसमार्फत् अबदेखि उनले पढ्न, हिँड्न र मान्छे चिन्न सक्छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रहेनन् लोक गायक एलपी जोशी

काठमाडौं । नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ …

प्रतिकृया दिनुहॊस