छिटपुटदेखि हल्का वर्षाको सम्भावना (तीन दिनको पूर्वानुमान)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा देशका बाँकी भूभागको मौसम सफा रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका केही स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमाले सांसद लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने …

प्रतिकृया दिनुहॊस