चार करोड जरिवाना र तीन वर्ष कैद तोकिएकी मन्दिरा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ४ करोड जरिवाना सुनाइएकी फरार प्रतिवादी पक्राउ गरेको छ । सिआईबीले शनिबार बनेपाबाट बनेपा नगरपालिका-६ बस्ने ४५ वर्षीया मन्दिरा केसी (कार्की) छिन् । उनी घराना डेभलपर्स प्रालिकी सञ्चालक हुन् ।

क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारेर उनले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाएकी थिइन् । त्यसरी प्रालिको नाममा रहेको चाँगुनारायण-७ र ९ मा रहेको जग्गाहरू धितो राखेर ऋण प्राप्त गरेकी थिइन् । तोकिएको परियोजनामा ऋण प्रयोग नगरी दुरुपयोग गरेपछि उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा परेको हो ।

साबिक पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते गरेको फैसलाअनुसार उनलाई ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना सुनाएको थियो । उक्त सजाय बेरुजु भई फरार रहेको भन्दै प्रहरीले मन्दिरालाई पक्राउ गरेको हो । उनलाई आइतबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस