ग्लोबल आईएमईसँग आईएफसीको साढे सात अर्ब लगानी सम्झौता, महिला उद्यमशीलतामा लगाइने

काठमाडाैं । काठमाडौं । विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले ग्लोबल आईएमई बैंकलाई ५६ मिलियन अमेरिकी डलर (सात अर्ब ४१ करोड रुपैयाँ) ऋण दिने भएको छ ।

बैंकले महिलाले सञ्चालन गरेका व्यवसायसहित साना तथा मझौला उद्यममा वित्तीय पहुँच बढाउन तथा जलवायुमैत्री आयोजनामा लगानी गर्ने छ ।

साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच प्रदान गर्दै बजारमा प्रतिष्पर्धी बनाउन सहयोग गर्ने, वित्तीय समावेशीकरणमा सुधार गर्ने, रोजगारी सिर्जना गर्ने र जलवायु लक्ष्य प्राप्तिमा सहयोग गर्न लगानी गर्न लागिएको बैंकले जनाएको छ ।

नेपालको वित्तीय क्षेत्रमा भएको आईएफसीको अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी तथा परिचालनले ग्लोबल आईएमई बैंकलाई साना तथा मझौला व्यवसाय, कोभिड–१९ महामारीबाट प्रभावित उद्यम, महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यम र ग्रामीण क्षेत्रमा रहेका उद्यम व्यवसायलाई सहयोग गर्न सघाउ पुर्‍याउने बैंकको विश्वास छ ।

यस ऋणको पचास प्रतिशत ग्लोबल आईएमई बैंकले साना तथा मझौला र खुद्रा ग्राहकहरूको लागि जलवायु तथा लैंगिक क्षेत्रको लगानीमा समानरूपमा विनियोजन गर्ने छ । बाँकी ५० प्रतिशत साना तथा मझौला उद्यमहरूमा कर्जा प्रवाह गर्न प्रयोग गर्ने छ ।

नेपालमा कुनै पनि विकास वित्तीय संस्थाले कुनै पनि बैंकलाई लैंगिक वित्तीय फाइनान्स उपलब्ध गराएको यो पहिलोपटक भएको बैंकको दाबी छ ।

नेपालको अर्थतन्त्रको मेरुदण्ड साना तथा मझौला उद्यमले मुलुकको कुल गार्हस्थ उत्पादनमा २२ प्रतिशत योगदान गरेको छ र २० लाख बढी मानिसलाई रोजगारी दिएको छ । तथापि, ४४ प्रतिशत साना तथा मझौला उद्यमलाई अझै पनि वित्तीय पहुँचमा बाधा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा ४.२१ प्रतिशत लाभांश स्वीकृत

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको …

प्रतिकृया दिनुहॊस