काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ । बिहानैदेखि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको दुई शीर्ष नेताबीच छलफल सकिएको हो ।
भेटमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) तथा समसामयिक विषयमा कुराकानी भएको अध्यक्ष ओलीले बताए । भेटवार्तापछि बाहिरिने क्रममा उनले भने, ‘समसामयिक विषयमा, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंग्याउने विषयमा छलफल भयो,’ उनले भने, ‘टीआरसीमा हाम्रो पुरानै अडान यथावत् छ, बहुमत भन्दा पनि सर्वसहमतिमा टुङ्ग्याउँदा राम्रो हुन्छ ।’
प्रतिकृया दिनुहॊस