काठमाडौँ । गायिका रचना रिमाल सवार स्कार्पियो गाडीलाई ट्रकले ठक्कर दिएको छ । नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई बागमती प्रदेश ०३-०१ ख २११८ नम्बरको ट्रकले आइतबार बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो ।
रिमालको अवस्था सामान्य नै छ । दुर्घटनाका कारण उनी आइतबार महोत्सवमा भने उपस्थित हुन सकेकी थिइनन् । उनले दुर्घटनाबारे फेसबुकमार्फत् जानकारी गराएकी छिन् । आज (सोमबार) महोत्सवमा आफ्नो प्रस्तुति रहने उनले जानकारी दिएकी हुन् ।
तपाईंको प्रतिकृया




