नक्कली टिकट दिएर एजेन्ट फरार

बाँके । बाँकेको खजुरा गाउँपालिका-४ ईगाउँका अमरबहादुर बुढामगरले दुई बर्षअघि बार्षिक ३६ प्रतिशत ब्याजदरमा रकम लिएर खाडी मुलुक दुबई जानका लागि दुई लाख ३० हजार रुपियाँ म्यानपावर कम्पनीका प्रतिनिधिलाई बुझाउनुभयो ।

रकम बुझाएर दुई बर्षसम्म दुबई जान नपाएका बुढामगर अहिले ब्याजमा लिएको रकम कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिनुभएको छ । नेपालगञ्जमा पत्रकार सम्मेलन गर्दै बुढामगरले भन्नुभयो, ‘रकम बुझाएको दुई दिनपछि नै म्यानपावरको एजेन्ट साविक सुर्खेत बजेडीचौर –१ का होमनाथ योगी सम्पर्कबिहीन भए । हाम्रो पैसा फसेको छ, ब्याज दिनदिनै बढिरहेको छ ।’

दुबईको भलोदिया कम्पनीमा राम्रो काम पाइने आश्वासन दिएपछि योगीलाई ईगाउँका अमरसहित गोपालबहादुर थापा मगर, प्रेम सुनारलगायतका ९ जनाले अढाइ लाखको दरले रकम बुझाउनुभएको हो ।

योगीले ईगाउँका ९ जनासहित १२ जनासँग रकम बुझेपछि भिसा र टिकट आइसकेको भन्दै सबैलाई काठमाडौं बोलाएको पीडित गोपालबहादुर थापाले बताउनुभयो । गोपालले दुई लाख ५० हजार रुपियाँ बुझाएको बताउनुभयो ।

नक्कली टिकट थमाएर आफुलाई दुबई लैजाने आश्वासन दिएको पीडितहरुले बताएका छन् । एक महिनासम्म काठमाडौंका होटलमा बसेपछि अन्त्यमा नक्कली टिकट दिएर योगी सम्पर्कबिहीन भएपछि आफुहरु गाउँ फर्किएको पीडितहरुले जनाएका छन् । कतिपय पीडितहरु ब्याज तिर्नका लागि भारतका विभिन्न सहरमा रोजगारीका लागि पुगेका छन् ।

आफुले पैसा बुझाएका योगी लामो समयदेखि सम्पर्कबिहीन भएकाले उनको खोजी गरी आफुहरुको रकम फिर्ता गराइदिन पीडितहरुले पत्रकार सम्मेलनमार्फत अपिल गरेका छन् । –गोरखापत्र दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस