rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं.
माघ १४, २०८० । ई.सं. 28 Jan, 2024 । शक संवत्१९४५ । नेपाल संवत्  ११४४ पोहेलागा । पिङ्गल उत्तरायण  शिशिर । आइतबार माघ कृष्णपक्ष । तिथि प्रतिपदा ००:१८ बजेसम्म, त्यसपछी द्वितिय । नक्षत्र तिष्य १०:०७ बजेसम्म, त्यसपछी अश्लेषा । योग प्रीति ०७:४७  बजेसम्म, त्यसपछी आयुष्मान् । करण वालव ११:२८ बजेसम्म, त्यसपछी कौलव ००:१८ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग उत्पात । दिनमान १०:४२ । सूर्योदय ६:५६ । सूर्यास्त १७:३८ भंसारदिवस । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आफ्नो विद्या प्राप्तिको लागि संघर्ष गर्नु पर्ला । घरायसी कामधन्दाका लागि खट्नु पर्नेछ । स्वास्थ्य बिग्रने भएछ, सचेत रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजको परीक्षा सामान्य नै समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज घरपरिवारसँग रमाइलो तरिकाले समय बित्नेछ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज मनपर्ने खानाको परिकार खान पाइनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज मानसिक चिन्तन बढ्ने र केही तनाव बढेको महसुस हुनेछ, तर नजिकका व्यक्तिबाट कार्यमा साथ र सहयोग बढ्न सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज शुभकार्यको चर्चा चल्नेछ । एकपछि अर्को अवसर र सफलताले मन प्रसन्न रहनेछ । व्यापारमा मनग्ये धनलाभ पनि हुनसक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज व्यापार र व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभ मिल्नेछ र सफलता मिल्नेछ । रोकिएको काम दोहोर्याएर गर्दा फाइदा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज सन्तान पक्षको मायामा कमी आउनसक्छ । सहकर्मीबाट विरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज पारिवारिक जमघटमा सहभागी भइएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आकस्मिक नयाँ कार्यको योजना बन्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज साथीभाइबाट बढी फाइदा लिने समय छ । नयाँ काम सुरु गर्ने र उमंग बढ्नेछ । आर्थिक कारोबारमा सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस