पुवा खोला-वान हाइड्रोको बिक्री प्रबन्धकमा एलएस क्यापिटल, आईपीओ आउने

काठमाडौं । पुवा खोला-वान हाइड्रोपावरले आईपीओ निष्काशन गर्नको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एलएस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरको १९ लाख ४६ हजार ६६० कित्ता सेयर निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त नियुक्ति सम्बन्धी सम्झौता-पत्रमा पुवा खोला-वान हाइड्रोपावरका तर्फबाट प्रबन्धनिर्देशक कदम के.सि तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । पुवा खोला-वान हाइड्रोको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस