लक्ष्मी सनराइज बैंकले ल्यायो अनलाइनबाटै खाता खोल्न मिल्ने ‘ओरेन्जनेक्स्ट’ एप

काठमाडाैं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ‘ओरेन्जनेक्स्ट’को थालनी गरेको छ । एफ१सफ्ट अन्तर्गतको ‘फोननेक्स्ट’सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकको धारणा छ ।

‘ओरेन्जनेक्स्ट’ले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, उदेश्यमुलक बचत जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्नेछ । ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकको विश्वास छ ।

लक्ष्मी सनराइज बैंकका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ‘ओरेन्जनेक्स्ट’ कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाइल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ‘ओरेन्जनेक्स्ट’ मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ ।

फोननेक्स्टका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस ‘ओरेन्जनेक्स्ट’ले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरूको अपेक्षाहरु पूरा गर्ने उनले विश्वास व्यक्त गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री