‘दियो बाली साँझको…’ गीतमा जमुनाको रिमेक

काठमाडाैं । भारतीय गायिका आशा भोसलेले गाएको तिहारको गीत ‘दियो बाली साँझको…’ नेपाली जनमानसमा प्रिय छ । २८ वर्षअघि गाइएको उक्त गीतलाई हालै मात्र नेपाली गायिका जमुना शर्माले रिमेक गरेकी छन् ।

२०४७ सालमा रिलिज भएको नेपाली चलचित्र ‘चिनो’मा समावेश उक्त गीतको शब्द तुलसी घिमिरेले रचना गरेका हुन् भने ‘ओरिजिनल’ संगीत रंजित गजमेरको छ । हाल रिमेक गरिएको यस गीतलाई भने गायिका शर्माका श्रीमान प्रमोद तिमिल्सिनाले संगीत दिएका छन् । लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएकी गायिका शर्माले संगीतकार रंजित गजमेरको अनुमतिमा यो गीतलाई रिमेक गरेकी हुन् ।

भारतीय गायक कैलाश खेरको मुम्बईमा रहेको कैलाश स्टुडियोमा उक्त गीत रेकर्ड गरिएको गायिका शर्माले जानकारी दिइन् । गीतको भिडियो छायांकन मुम्बई र नेपालमा गरिएको थियो । भिडियोमा दीपावली गरिएको दृश्यमा पनौतीको उग्रचण्डी बोर्डिङ स्कुलका छात्राहरूको अभिनय छ। गायिका शर्माले दीपावलीलाई लक्षित गरी गीत सार्वजनिक गरिएको बताइन् ।

बाराको पथलैयाका स्थायी बासिन्दा जमुना र उनका श्रीमान प्रमोद विगत एक दशकदेखि मुम्बईको सांगीतिक क्षेत्रमा व्यस्त रहँदै आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस