काठमाडाैं । अध्यागमन विभागले भिसा शुल्क अनलाइनबाटै तिर्न सकिने व्यवस्था मिलाएको छ ।
अध्यागमन विभागमा आइतबार जर्मन नागरिक अंके ग्रोपले पहिलो पटक मोबाइल बैंकिङ मार्फत भिसा शुल्क भुक्तानी गरे पश्चात भिसा जारी भएको विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । अब नेपालभित्र भिसा नवीकरण, स्थानन्तरण र पदयात्रा अनुमतिको लागि अध्यागमन विभागमा आएर लाइन लाग्नु नपर्ने उनले बताए ।
अर्को हप्ताबाट कुटनैतिक भिसा सम्बन्धी कार्य कन्सुलर सेवा विभागबाट सेवा प्रवाह हुने स्पष्ट पार्दै महानिर्देशक तामाङले अबको लक्ष्य ई–भीसा लागू गर्ने रहेको उनको भनाई छ ।
तपाईंको प्रतिकृया




