स्क्वायर होटलकी सञ्चालक ललिता पक्राउ

काठमाडाैं । ललितपुरको पुल्चोकस्थित स्क्वायर होटलकी सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा होटलकी सञ्चालक ललिता देवकोटा भण्डारी छिन् ।

उनलाई शनिवार पक्राउ गरिएको ललितपुर प्रहरीका एसपी नवराज कार्कीले जानकारी दिए । जावलाखेलका ४१ वर्षीय सजिलमान शाक्य स्क्वायर होटलमा स्वीमिङ गर्न जाँदा करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।

उनी घाइते भएपछि परिवारले उक्त होटलका सञ्चालकहरू रोमी अर्याल र ललिता भण्डारीविरूद्ध जाहेरी दिएका थिए । रोमी भने पक्राउ परेकी छैनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री