तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन दिने युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका हुन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् ।

प्रधानमन्त्री माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका थिए । सम्मेलनमा उनले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ-आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए । इजरायल-हमास द्वन्द्व रोकिनुपर्ने र शान्ति स्थापना हुनुपर्ने उनको भनाई छ ।

उनले अल्पविकसित राष्ट्रलाई गरिबीको दुष्चक्रबाट बाहिर निकाल्न र समृद्धिको यात्रामा डो-याउन आवश्यक सहयोग अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका यी स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध (सूचनासहित)

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस

This will auto close after