पाँच महिनामा ग्यास आयात तीन अर्बले घट्यो

LP-Gas/ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्ने

काठमाडौं । चालु आर्थिक वर्षकोको पाँच महिनामा तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको छ । भन्सार विभागको तथ्यांक अनुसार साउनदेखि मङ्सिरसम्म तीन अर्ब बराबरको ग्यास आयातमा कमी आएको हो ।

चालुु आवको पाँच महिनामा २० अर्ब ६५ करोड ५८ लाख ३० हजार रुपियाँ बराबरको ग्यास आयात भएको छ । गत वर्ष सो अवधिमा २३ अर्ब ७५ करोड ८६ लाख ३८ हजार रुपियाँ बराबरको ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुुलनामा तीन अर्ब १० करोड रुपियाँ बराबरको ग्यास आयातमा कमी भएको तथ्यांकले देखाएको छ ।

ग्यासको खपत घटेसँगै आयातमा कमी आएको हो । हाल बजारमा मासिक ४२ हजार मेट्रिक टन ग्यासको खपत हुने गर्छ । विगतका वर्षमा चिसो मौसममा ग्यासको खपत बढ्ने गरेको भए पनि यस वर्ष भने चिसो मौसम सुरु भए पनि बजारमा खाना पकाउने एलपी ग्यासको खपत भने बढ्न सकेको छैन ।चालु

आवको साउन महिनादेखि नै ग्यासको खपतमा गिरावट हुँदै आएको छ । निगमका अनुसार विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आवमा पाँच प्रतिशतले खपत घटेको छ । पछिल्लो समय विद्युतीय चुलो (इन्डक्सन)को प्रयोग बढ्दै गएकाले पनि ग्यासको खपतमा कमी आएको देखिन्छ ।

निगमका अनुसार आव २०७९/८० मा ५३ अर्ब रुपियाँ बराबरको पाँच लाख १२ हजार मेट्रिक टन ग्यास आयात भएको थियो । आव २०७८/७९ मा ६१ अर्ब रुपियाँ बराबरको पाँच लाख ३६ हजार ६९८ मेट्रिक टन ग्यास आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा आठ अर्ब बराबरको ग्यास आयात कम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री