काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृतमा परियार

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सहसचिव प्रदीप परियारको सरुवा भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले परियारलाई राष्ट्रिय योजना आयोगबाट महानगरमा सरुवा गर्ने निर्णय गरेको हो ।

महानगरका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने मधेशी आयोगमा सरुवा गरिएको छ । मन्त्रीपरिषद्ले विभिन्न मन्त्रालय र कार्यालयहरुका २९ जना सहसचिवको सरुवा गरेको हो । मन्त्रिपरिषद्बाट बिहीबार निर्णय भएपछि शुक्रबार प्रमाणीकरण भएर संघीय मामिला मन्त्रालयमा आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री