काठमाडौँ । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको १५ वर्ष पुरानो घटनामा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन् ।
रोशी गाउँपालिका–३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ परेका दुवै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन् । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो । हत्यापछि फरार रहेका दुवैलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि शुक्रबार जिल्ला अदालत काठमाडौँमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए ।
तपाईंको प्रतिकृया




