हर्क साम्पाङले बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न अदालतको आदेश

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकूलपति प्राडा प्रह्लाद कार्कीको कार्यकक्षमा लगाइएको ताला खोल्न उच्च अदालत विराटनगरले आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश श्रीधराकुमारी पुडासैनीको इजलासले उक्त आदेश दिएको हो ।

‘बन्द हड्ताल जस्ता कारणले स्वास्थ्य उपचारको सेवाबाट बिरामीहरु बञ्चित हुन गईरहेको अवस्थामा सार्वजनिक हितको एवं नागरिकहरुको स्वास्थ्य उपचार पाउने हक अधिकार समेतबाट उक्त प्रतिष्ठानमा गरिएको तालवन्दीले नियमित स्वास्थ्य उपचारको सेवाहरू दैनिक सुचारु गर्नु गराउनु एवं कुनै पनि व्यक्ति, संघ, संगठनहरुबाट अन्द, हडताल, तालाबन्दी नगर्नु नगराउनु भनी विपक्षीहरुको नामदेवानी कार्यविधि संहिता २०७४ को दफा १५८ तथा अदालत नियमावली २०७३ को ४२ बमोजिम प्रारिम आदेश जारी गरीएको आदेशको जानकारी विपक्षीहरुलाई दिई कानून बमोजिम गर्नु’ आदेशमा भनिएको छ ।

वीपी प्रतिष्ठानमा देखिएको समस्या र शिक्षक, कर्मचारी र चिकित्सकका माग सम्बोधन गर्न नसकेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रतिष्ठानमा गएर ताला लगाएका थिए । प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारी तहगत बढुवा नभएको भन्दै आदोलनमा छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस