काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र ८० को मुनाफाबाट वितरण गर्ने लाभांश सेयर धनीहरूलाई दिने निर्णय गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरी कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।
प्रतिकृया दिनुहॊस