प्रभु महालक्ष्मी इन्स्योरेन्सको अध्यक्षमा शिक्षा भट्टचन

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको अध्यक्षमा शिक्षा भट्टचन नियुक्त भएकी छिन् । मंगलबारको कम्पनीको सञ्चालक समिति बैठकले उनलाई अध्यक्ष चयन गरेको हो ।

उनी प्रभु ग्रुपकी समेत प्रबन्धनिर्देशक रहेकी छिन् । बिजनेस एडमिनिस्ट्रेसन र कम्प्युटर साइन्सको अध्ययन गरेकी उनलाई कम्पनीले प्रभु ग्रुपलाई अन्तर्राष्ट्रिय बजार र विविध औद्योगिक क्षेत्रमा सफल विस्तारका लागि श्रेय दिएको छ ।

उनले प्रभु ग्रुपमा निर्देशकको भूमिका निर्वाह गरिसकेकी छिन् भने अमेरिकामा प्रभु ग्रुप प्रालि, सिंगापुरमा नेपाल सिपिङ लाइन प्रालि, मलेसियामा प्रभु सिपिङ लाइनलगायतका ग्रुपअन्तर्गतका कम्पनीमा योगदान गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।

उनी प्रभु ग्रुपको अध्यक्ष समेत रहेका एमाले सांसद देवीप्रकाश भट्टचनकी छोरी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी एशिया लघुवित्तको सीईओमा चोलराज शर्मा

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चोलराज शर्मा जोशी …

प्रतिकृया दिनुहॊस