लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

काठमाडौँ । मनोजकुमार भट्टराईसहित चारजना लक्ष्मी सनराइज बैंकको सञ्चालक निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३औँ वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालक निर्वाचित भएका हुन् ।

उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका छन् । भट्टराई बैंकिङ र बीमा साढे ३ दशक लामो अनुभव भएका व्यक्तित्व हुन् । उनले प्रमुख कार्यकारी अधिकृतको रूपमा नेपाल लाइफ इन्स्योरेन्स र तत्कालीन प्राइमलाइफ इन्स्योरेन्सको सफल व्यवस्थापकीय नेतृत्व गरेका थिए ।

उक्त साधारण सभाले संस्थापक सेयरधनीकै तर्फबाट रमण नेपाललाई सञ्चालक चयन गरेको छ । सर्वसाधारण सेयरधनीका तर्फबाट स्वाती रुंगटा र दिनेश पौड्याल सञ्चालक निर्वाचित भएका छन् । नवनिर्वाचित सञ्चालक समितिका सोही दिन सम्पन्न बैठकले रमण नेपाललाई कम्पनी सञ्चालक समितिको अध्यक्ष नियुक्त गरेको छ ।

उक्त साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गरेको छ । आर्थिक वर्ष २०७९÷८० सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पनि साधारणसभाबाट पारित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सेयर बजारमा सामान्य वृद्धि, ४ अर्बको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ …

प्रतिकृया दिनुहॊस

This will auto close after