टेलिकमको नगद लाभांश पारित

काठमाडौँ, माघ १ गते । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) लाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने नगद लाभांश पारित गरेको छ ।

कम्पनीको आइतबार सम्पन्न सोह्रौँ वार्षिक साधारण सभाले गत आवको मुनाफामध्येबाट प्रतिसेयर ४० रुपियाँका दरले सेयरधनीलाई सभाले पारित गरेबमोजिमको लाभांश रकम आइतबारदेखि नै एनएमबी बैङ्कमार्फत सर्वसाधारण सेयरधनीलाई वितरण गर्ने व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।

साधारण सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीउपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ । चालु आवका लागि कम्पनीको लेखापरीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र महेशकुमार गुरागाईंलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिकसमेत तोकेको छ । साधारण सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालकका रूपमा मनिषजङ्ग जोशीलाई निर्विरोध निर्वाचित पनि गरेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस