न्युजिल्याण्डकी पूर्व प्रधानमन्त्री आर्डर्नले गरिन् विवाह

एजेन्सी । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जसिन्डा आर्डर्नले शनिबार प्रेमी क्लार्क गेफोर्डसँग विवाह गरेकी छन् । आर्डर्न र गेफोर्डले पाँच वर्षअघि इन्गेजमेन्ट गरेका थिए । सन् २०२२ मा बिहे गर्ने तय भए पनि कोरोना महामारीको बढ्दो संक्रमणका कारण उनीहरुले आफ्नो विवाह स्थगित गरेका थिए ।

लामो समयपछि एक निजी समारोहमा विवाह गरेका हुन् । सन् २०१७ मा मात्र ३७ वर्षको उमेरमा आर्डर्न न्युजिल्याण्डको ४० औं प्रधानमन्त्री बनेकी थिइन् । न्युजिल्याण्डको राजधानी वेलिङ्टनबाट ३२५ किलोमिटर टाढा रहेको हक्स बे क्षेत्रमा विवाह समारोह आयोजना गरिएको थियो । आर्डर्न र गेफोर्डले परिवारका सदस्यहरूको उपस्थितिमा विवाह गरेका हुन् । विवाह समारोहमा पूर्व प्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।

पूर्व प्रधानमन्त्री आर्डर्न र उनका प्रेमी गेफोर्ड २०१४ देखि सँगै छन् । करिब पाँच वर्षपछि उनीहरुले इन्गेजमेन्ट गरेका थिए । उनीहरुले सन् २०२२ मा विवाह गर्ने निर्णय गरेका थिए । आर्डर्नले कोरोना महामारीको अवधिमा मुलुकका लागि धेरै महत्वपूर्ण निर्णय लिएकी थिइन्, जसका कारण उनको कामको पनि प्रशंसा भएको थियो । प्रधानमन्त्री पदमा रहँदा उनले बच्चालाई पनि जन्म दिइन् । आफ्नी नवजात छोरीलाई संयुक्त राष्ट्र महासभामा पनि लिएर गएकी थिइन् । आर्डर्नले जनवरी २०२३ मा आफ्नो पदबाट राजीनामा दिएकी थिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रेशमले लेखे- सम्बन्ध सबै समाप्त, योभन्दा अपराध अरु केही हुन सक्दैन

काठमाडौं । सुदुरपश्चिमको मन्त्रीमण्डल बिस्तारपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले चर्को असन्तुष्टि पोखेका छन् । मंगलबार साँझ उनले सामाजिक सञ्जालमा लगातार स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् ।

प्रतिकृया दिनुहॊस