अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा

काठमाडाैं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरिएको छ। लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गर्दै , लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण पनि साधारणसभाले गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ रहेको छ। अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङबीचमा बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको कावेली बी-१ जलविद्युत परियोजना २०७६ असोज १६ गतेदेखि राष्ट्रिय ग्रिडमा विद्युत आपुर्ति गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री