नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको मधेस प्रदेशमा नयाँ शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले सिमरा शाखाकोे उद्घाटन गरे । शाखा सञ्चालनसँग आर्थिक कारोबार गर्न सो भेगका स्थानीयलाई सहज हुने उनले विश्वास व्यक्त गरे ।

उनले बैंकिङ सेवाको पहुच बाहिर रहेको सिमरा तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताए । हाल बैंकले २६२ शाखा कार्यलय र ६३ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after