लगातार तेस्रो दिन बढ्यो नेप्से परिसूचक

काठमाडौँ । पछिल्लो दुई दिन निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले बुधबार पनि निरन्तरता पाएको छ । नेप्से परिसूचक नौ दशमलव ५० अङ्कले बढेर दुई हजार ८९ दशमलव ६२ को विन्दुमा कायम भएको हो ।

बुधबार तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूह शून्य दशमलव ४४, वित्त शून्य दशमलव १०, होटल तथा पर्यटन समूह शून्य दशमलव ८४ र जलविद्युत् समूह शून्य दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै लगानी समूह शून्य दशमलव ६३, जीवन बीमा समूह शून्य दशमलव २५ र निर्जीवन बीमा समूह शून्य दशमलव १३ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक भने बढेको छ ।

बैंकिङ र उत्पादन तथा प्रशोधन समूह समान एक दशमलव १२, लघुवित्त समूह एक दशमलव ०२, म्युचुअल फन्ड समूह शून्य दशमलव ०३, व्यापार समूह शून्य दशमलव ०१ र अन्य समूह दुई दशमलव २१ प्रतिशतले बढेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ९५ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू ३२ करोड ७८ लाख ९१ हजार छ सय १३ बराबरको छ लाख ३४ हजार पाँच सय ९३ कित्ता शेयर कारोबार भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस