भिभो स्मार्टफोनहरूमा नयाँ वर्षको विशेष अफर

काठमाडौं । नव वर्ष सन् २०२४ को अवसरमा प्रख्यात टेक्नोलोजी ब्रान्ड भिभोले एक अग्रणी अनलाइन सपिङ प्ल्याटफर्म दराज नेपालसँगको सहकार्यमा आफ्ना स्मार्टफोनहरूमा नयाँ वर्ष विशेष अफरहरू घोषणा गरेको छ ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत दारजबाट भिभो स्मार्टफोनहरु खरिद गर्दा आकर्षक छुट प्राप्त गर्न सकिनेछ । जसमध्ये रु १३,५९९ शुरुवाती मुल्य रहेको भिभो वाई१एस (२+३२ जीवी) रु ९,९९९ मा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै रु २३,९९९ शुरुवाती मुल्य रहेको भिभो वाई२०एस (४+१२८ जीवी), रु १४,९९९ मा उपलब्ध हुने बताइएको छ । यता, रु २५,४९९ शुरुवाती मुल्य रहेको वाई२२एस (६+१२८ जीवी) अहिले एकदमै आकर्षक मूल्य रु १७,९९९ मा उपलब्ध हुनेछ ।

त्यसैगरी, भी सिरिजकै सबैभन्दा उत्कृष्ट मानिएको स्मार्टफोन भिभो भी२५ई (८+१२८ जीवी) हाल रु ३१,९९९ मा उपलब्ध हुने कम्पनीले जनाएको छ । यस स्मार्टफोनको शुरुवाती मुल्य रु ३९,९९९ रहेको थियो । त्यसैगरी, रु ५२,९९९ शुरुवाती मुल्य रहेको भिभो भी२५ फाइभजी (८+१२८ जीवी), हाल मुल्य रु ४१,९९९ मा उपलब्ध ह’ने कम्पनीले जनाएको छ ।

यसका साथै भिभोले ग्राहकहरूलाई अन्य स्मार्टफोन खरिदमा पनि विशेष अफरहरु ल्याएको छ । ग्राहकहरुले रु १५ हजार मुल्य भन्दा कमको स्मार्टफोन मोडेलहरुको खरिदमा बोतल प्राप्त गर्नेछन्, भने रु १५ हजारदेखि रु २० हजार मुल्य दायराको स्मार्टफान खरिदमा निकै ट्रेंडी साइडब्याग प्राप्त गर्ने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

त्यस्तै रु २० हजारदेखि र रु ३५ हजारको मूल्यका भिभो स्मार्टफोनहरूको खरिदमा ग्राहकहरुले उच्च गुणस्तरका ब्लुटुथ स्पिकरहरू प्राप्त गर्न सक्नेछन् भने रु ३५ भन्दा माथिका स्मार्टफोनहरूका लागि इमर्सिभ अडियो अनुभव सुनिश्चित गर्ने उत्कृष्ट इयरबडहरू प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

दराजले भिभोसँगको सहकार्यमा सबै मोडलहरूमा रु ५०० देखि १००० का भाउचरहरू उपलब्ध गराएर समग्र स्मार्टफोन खरिदमा आकर्षण थपेको बताइन्छ । यो अफर जनवरी ५ तारिखदेखि ११ तारिखसम्म लागू हुने बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाली पर्यटक भित्र्याउन काठमाडौँमा इन्डोनेसियाको ‘सेल्स मिसन’

काठमाडौँ । इन्डोनेसियाको पर्यटन तथा कृयटिभ–इकोनोमी सम्बद्ध मन्त्रालय तथा एजेन्सीले इन्डोनेसियालाई नेपाली पर्यटकहरूका लागि मन …

प्रतिकृया दिनुहॊस