काठमाडौं । उपकुलपतिको रिक्त रहेको पदपूर्तिका लागि निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको छ । त्रिभुवन विश्वविद्यालयले उपकुलपतिका लागि गत २० गते निकालेको दरखास्त आव्हानसम्बन्धी सार्वजनिक सूचना रद्द भएको हो ।
विश्वविद्यालयले आइतबार एक सूचना प्रकाशित गर्दै उक्त जानकारी दिएको छ। ‘रिक्त रहेको पदमा नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको दरखास्त आव्हानसम्बन्धी मिति २०८०/०९/२० को सूचना रद्द गरिएको छ’, सूचनामा भनिएको छ । यो सूचना समितिको शनिबारको बैठकले रद्द गरेको जानकारी दिइएको छ । पदपूर्तिको दरखास्त आव्हानसम्बन्धी सूचना रद्द भएको कारण भने खुलाइएको छैन ।
उपकुलपति पदपूर्तिका लागि निकालिएको दरखास्तसम्बन्धी सूचना पनि आफू अनुकूलका व्यक्तिलाई भर्ना सहज हुने गरी मापदण्ड बनाइएको भन्दै आलोचना भइरहेको छ । आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना रद्द गर्न निर्देशन दिएका थिए । पदपूर्ति समितिकै गठन र तीनका सदस्यहरू माथि पनि प्रश्न उठाइएको छ ।





