राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट यो निर्णय गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘प्रत्येक क्लस्टरमा तीन जनाको नाम मागेको थियो । सिफारिस भएका नामको बारेमा प्रारम्भिक छलफल भयो’ उनले भने, ‘क्लस्टरमा पर्ने वा नपर्ने भन्ने विषयमा छलफल गरेर २३ गते १९ वटै उम्मेदवारको नाम सार्वजनिक गर्ने तयारी गरेका छौं ।’

माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रिय सभा सदस्यमध्ये फागुन २० मा २० जनाको पदावधि सकिनेभएपछि निर्वाचन हुन लागेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस