सविनसंग २०२४ भित्रै बिहे गर्ने अनुको घोषणा

काठमाडौं । कलाकार जोडी सविन श्रेष्ठ र अनु शाह लामो समयदेखि प्रेम सम्बन्धमा छन् । सामाजिक सञ्जाल होस् या सार्वजनिक थलो, उनीहरुले खुलेरै प्रेम अभिव्यक्त गर्दै आएका छन् ।

यस्तोमा उनीहरुलाई विवाह कहिले गर्ने भन्ने प्रश्नले पछ्याइरहेको छ । लामो ग्यापपछि बुधबारदेखि म्युजिक भिडियो छायांकनमा फर्किएकी अनुले मिडियासँग विवाह योजनाबारे खुलाएकी छन् ।

सन् २०२४ भित्रै विवाह गर्ने वाचा आफूहरुले गरेको उनले बताइन् । भन्छिन्, ‘हामीले २०२४ भित्रै विवाह गर्ने वाचा गरेका छौं । दुवै काममा व्यस्त भएकाले अहिलेसम्म प्लान गरेका थिएनौं । डेट फिक्स छैन तर यही वर्षभित्र गर्छौं ।’

यी दुई केही महिनायता युट्युब भ्लग पनि बनाउँछन् र फ्यानसँग घुमघाम, खानपिन र पारिवारिक बसिबियाँलोबारे जानकारी पनि दिन्छन् । भ्लगमा पनि उनीहरुले विवाह र सम्बन्धबारे कुरा गर्न छुटाउँदैनन् ।

सविन र अनु पहिलोपटक होलीको फोटोसुटमा भेट भएका थिए । त्यसबेला सविन फिल्म ‘रावण’को छायांकनमा व्यस्त थिए । भेटमा फोन नम्बर साटासाट भएको र फ्रेन्डसिप सुरुवात भएको अनु बताउँछिन् । ‘भेट्ने र कफी पिउने हुँदाहुँदै मित्रता गाढा भयो,’ उनले भनिन् ।

फिल्म ‘लक्ष्य’देखि भने एकअर्कालाई गम्भीर रुपमा लिन थालेको उनी बताउँछिन् । आफ्नो संगतले गर्दा सविनको रिसाउने स्वभावमा परिवर्तन आएको अनुको बुझाइ छ । ‘उहाँ अहिले शान्त हुनुहुन्छ । मैले सविनजीलाई चेन्ज गराइदिएको छु । सुरुमा भ्लग स्टार्ट गर्दा झगडा पर्थ्यो, अहिले त्यस्तो छैन,’ अनु सुनाउँछिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अभिनेत्री जय प्रदाकाे उपिस्थितिमा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस