हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश नदिने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को वित्तिय कारोबार र नाफाबाट आफ्ना सेयरधनी लगानीकर्तालाई लाभांश नदिने भएको छ । २०८० पुस १९ गते राजधानीमा बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आ.व.को नाफाबाट नगद तथा बोनस कुनैपनि लाभांश नबाढ्ने निर्णय गरेको हो ।

तत्कालीन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तीनवटा कम्पनी मर्जर भएर हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड बनेको थियो ।

उक्त तीनवटै कम्पनीको अघिल्लो वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय भएको हो । उक्त जानकारी कम्पनीले शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई जानकारी गराएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस