नक्कली आइडी बनाएर ‘हनी ट्रयाप’, तीन युवक पक्राउ

काठमाडौं । पोखरामा युवतीको नामका नक्कली फेसबुक ‘आइडी’ बनाएर हनी ट्रयाप गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । केटीको नामको नक्कली आइडी बनाएर पुरुषहरूलाई हनी ट्रयापमा पारेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा साथी बनाएर फोन गर्ने, अश्लिल भिडियोहरू देखाउने र स्क्रिन रेकर्ड गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । भिडियो र स्क्रिन रेकर्ड सामाजिक सञ्जालमा पोष्ट गरिदिने भन्दै डर धम्की देखाएर उनीहरूले पैसा असुली गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पक्राउ पर्नेमा पोखरा २९ तालचोकमा बस्ने २२ वर्षीय अनुराग घिमिरे, चितवन रत्ननगर १३ का २० वर्षीय प्रवेश रिमाल र लहान नगरपालिका १ का २१ वर्षीय युनिक सिंह छन् । उनीहरूलाई चितवन प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस