दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पती पक्राउ

काठमाडौं । प्रहरीले भारतको दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दम्पतीलाई पक्राउ परेको छ । स्याङ्जाका ३५ वर्षीय टीकाराम भण्डारी र उनकी पत्नी ३१ वर्षीया अस्मिता पक्राउ परेकी हुन् ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले भारत पुर्‍याएका ९ युवतीलाई ७ चैत २०७९ मा उद्धार गरेर नेपाल ल्याएको थियो । प्रहरीका अनुसार, भण्डारी दम्पतीले आकर्षक तलब सुविधाको प्रलोभन देखाएर नेपाली युवतीलाई भारत लैजाने गरेका थिए । दिल्लीमा किसनगढमा एक अपार्टमेन्ट भाडामा लिएर वेबसाइटमार्फत विज्ञापन गरेर यौनधन्दा चलाउने गरेको प्रहरीको दाबी छ ।

‘त्यसका लागि ह्वाट्स एप ग्रुप बनाएर सम्पर्कमा आएका ग्राहकहरूले अनलाइन भुक्तानी गरिसकेपछि ग्राहकले भनेको स्थानमा युवतीलाई पठाउने गरेको खुलेको छ’, ब्यूरोका एसपी कृष्णप्रसाद पङ्गेनीले भने, ‘वेश्यावृत्तिका लागि भाडामा लिएको अपार्टमेन्टमा सीसी क्यामरा जडान गर्नुको साथै पीडितहरूलाई नयाँ मोबाइल, भारतीय सीमकार्ड पनि उपलब्ध गराएर नयाँ आईडी बनाएर आफूले पनि निगरानी गर्ने गरेको देखिएको छ ।’

वेश्यावृत्तिबाट भएको कमाइको २० प्रतिशत रकम युवतीहरूलाई दिएर ८० प्रतिशत उनीहरुले राख्ने गरेको पाइएको एसपी पङ्गेनीले बताए । यो दम्पतीविरुद्ध ०७९ चैतमा पनि ६ वटा मुद्दा दर्ता भएका थिए । त्यसमा प्रतिवादी भएकामध्ये ३ जना पुर्पक्षका लागि कारागारमा छन् ।

अनुसन्धान जारी रहेका बेला उनीहरुले पुनः नेपालबाट युवतीहरूलाई झिकाएर यौन व्यवसाय सञ्चालन गरिरहेको सूचना पाएपछि दिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र किन इण्डिया नामक संस्थासँग समन्वय गरेर १० पुसमा दिल्लीबाट थप ५ जना पीडितको उद्धार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस