सिद्धार्थ बैंक २२औं वर्षमा प्रवेश​​, सार्वजनिक गर्‍यो नयाँ योजना

काठमाडौं । सिद्धार्थ बैंकले २१ औं वार्षिकोत्सव मनाएको छ । नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरी बैंकले वार्षिकोत्सव मनाएको हो ।

यो बैंक १७ औं वाणिज्य बैंकको रुपमा ९ पुस २०५९ मा स्थापना भएको थियो । बैंकले वार्षिकोत्सवको अवसरमा २० वर्ष पूरा गरी २१ वर्षसम्मको यात्रालाई समेटेर तयार पारिएको ‘कफी टेबल बुक’ सार्वजनिक समेत गरेकोे छ ।

यसैगरी बैंकले सिद्धार्थ प्लाटिनम डेबिड कार्ड पनि सार्वजनिक गरेको छ । सिद्धार्थ प्लाटिनम प्लस बचत खाता खोली सहजै प्राप्त गर्न सकिने यस कार्ड भिसाको उच्चस्तरीय प्रिमियम सेगमेन्टको कार्ड भएको बैंकले बताएको छ ।

यसैगरी डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ‘फ्रि फोर’ र ‘लग वीन’ योजना पनि सार्वजनिक गरेको छ ।

कार्यक्रममा बैंकका पूर्वसञ्चालक समितिका सदस्यहरु एवम् पूर्वप्रमुख कार्यकारी अधिकृतहरुलाई सम्मान समेत गरेको छ । बैंकले १५ वर्ष पूरा काम गरेका आफ्ना कर्मचारीहरुलाई अभिनन्दन समेत गरेको छ ।

कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, पूर्वसंञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरु, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन समूह र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष …

प्रतिकृया दिनुहॊस