एनएमबि बैंकको मोबाइल एपबाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने

काठमाडौं । एनएमबि बैंकको मोबाइल बैंकिङ्ग एप बाट हेटौंडा खानेपानीको महशुल तिर्न सकिने भएको छ। एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेसँगै यो सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ।

हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो।

कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत श्री सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष श्री प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो।

बैंकले हाल देशभरी २०१ शाखाहरू, १६७ एटिएमहरू र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after