माछापुच्छ्रे बैंकले तिर्‍यो १० करोड २७ लाख बढी कर

काठमाडौं । माछापुच्छ्रे बैंकले १० करोड २७ लाख रुपैयाँ बढी कर भुक्तानी गरेको छ । सर्वोच्च अदालतको आदेशपछि कम्पनीले सरकारको निर्णय बमोजिम १० करोड २७ लाख ६७ हजार ११ रुपैयाँ ठूला करदाता कार्यालयमा आयकरको रुपमा भुक्तानी गरेको हो ।

सरकारले आर्थिक ऐन, २०५० को दफा २६ मा फर्दर पब्लिक अफरिङबाट प्रिमियम मूल्यमा सेयर जारी गरी प्राप्त भएको रकमबाट हिताधिकारीमा बोनस सेयर वितरण गर्दा आयमा समावेश गरी कर लाग्ने व्यवस्था गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री