धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ इ गाउँमा मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार उनले चलाएको से ५ प ४७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाका पप्पुको सेती अस्पतालका चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए ।
घटनाको विषयमा थप अनुसन्धान जारी रहेको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया




