क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ । क्रिसमस पर्वको अवसरमा राक्सिराङ गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको हो ।

इसाई धर्मावलम्बीको उल्लेख्य बसोबास रहेको यस राक्सिराङ गाउँपालिकाभित्र पर्ने सम्पूर्ण सार्वजनिक कार्यालय, शिक्षण संस्था र बैंक वित्त संस्था आज, भोलि र पर्सि अर्थात् डिसेम्बर २४, २५ र २६ तारिख तीन दिन बिदा दिइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले एक सूचना प्रकाशन गर्दै जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री