ललितपुरमा एक दिने रियलस्टेट मेला हुँदै

काठमाडौं । बसोबास नेपालले घरजग्गा कारोबारमा ग्राहकको सहज पहुँच पुर्याउने उद्देश्यले नेपालमै पहिलोपटक ‘बसोबास प्रपर्टी इभेन्ट’ आयोजना गर्ने भएको छ । पुस ७ गते कुपण्डोलस्थित होटेल हिमालयमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म एक दिने मेला आयोजना हुन लागेको हो ।

समग्र घरजग्गा बजारको प्रतिनिधित्व गर्ने गरी आयोजना हुन लागेको मेलामा नेपालका टप डेभलपरहरूको सहभागिता रहनेछ । यस मेलाले घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने अपेक्षा गरिएको छ । मेलामार्फत घरजग्गा खरिदकर्ता र ग्राहक दुवै पक्षलाई सहजता प्रदान गर्नुका साथै घरजग्गाको बजार अवस्था र ट्रेन्डबारे जानकारी गराउने कम्पनीले जनाएको छ । मेलामा बैंकिङ सुविधाहरूबारे विशेष परामर्श पनि गराइने आयोजकले जनाएको छ ।

मेलामा प्रपर्टिको खरिदमा १ करोडसम्मको छुट दिइने बताइएको छ । यस्तै, बैंकिङ सेवा सुविधासम्बन्धी विशेष परामर्श दिइने र १० देखि १०० ग्रामसम्म सुन उपहारको मौक समेत रहेको बताइएको छ । ‘बसोबास प्रपर्टी इभेन्ट’ले बजारमा व्यवसायी तथा सेवाग्राहीले झेल्नुपरेको बेथितिलाई समेत कम गर्न मद्दत गर्ने र घरजग्गा कारोबारमा छाइरहेको मन्दीलाई उकास्ने कार्यकारी अधिकृत राजन अधिकारीले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री