काठमाडौं । काठमाडौं महानगरपालिका-२६ स्थित म्हैपीमा नगद र गहना सहित ४ लाख बराबरको चोरी भएको छ ।
डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-९ घर भएका विनोद लैदारीको कोठाबाट कोही नभएको मौकामा चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
डेराबाट ३ तोला बराबरको सुनको विभिन्न गहना र नगद ५० हजार नगद चोरी भएको छ । चोरीमा संलग्न आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
तपाईंको प्रतिकृया




