फेरि ‘सिन्दुर’ बनाउँदै प्रज्ञा

काठमाडौं । ‘सिन्दुर’ नामबाट फेरि टेलिसिरियल निर्माण हुने भएको छ । कलाकार तथा निर्माता प्रज्ञा जोशीले १७ वर्षपछि यसै नामबाट सिरियल बनाउन लागेकी हुन् ।

सिरियलको शुक्रबार भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको छ । निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले निर्देशन गरेको शुभमुहूर्तमा चलचित्र कलाकार संघका पूर्वअध्यक्ष रविन्द्र खड्काले नरिवल फुटाएका थिए । अभिनेत्री प्रज्ञा जोशीले नै सिरियलको मुहूर्त सट दिएकी थिए ।

यसअगाडि पनि प्रज्ञाले नै ‘सिन्दुर’ नामबाट सिरियल बनाएकी थिइन् । जसको निर्देशन योगेश घिमिरेले गर्नुभएको थियो । अहिलेको ‘सिन्दुर’ भने विनयराज पौडेलले निर्देशन गर्न लागेका छ । सिरियललाई पौडेलले नै लेखेका हुन् ।

प्रज्ञा फिल्मस्को ब्यानरमा निर्माण हुने टेलिसिरियलमा नवीन श्रेष्ठ, प्रज्ञा जोशी, लक्ष्मी भुसाल, प्रदीपराज गिरी, अश्मी थापा, दीपेन्द्र सोनाम, स्नेहा पौडेल, पूर्णिमा जिएम, टेकेन्द्र न्यौपाने, पवन केसीलगायत कलाकारको अभिनय रहनेछ ।

मदन कश्यप घिमिरेको छायांकन, लय संग्रौलाको गीत रहेको टेलिसिरियलमा सम्राट थापाको संगीत छ । सिरियलको लेखक पनि निर्देशक पौडेल नै हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after