रोकिराखेको ट्रकमा बस ठोक्किँदा ११ घाइते, दुई जनाको अवस्था चिन्ताजनक

काठमाडाैं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीमा शनिबार बिहानै बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका नौ थुम्सिमा रोकिराखेको ट्रकमा बिहान ५ बजे बस ठोक्किँदा दुर्घटना भएको हो ।

काठमाडौंबाट भैरहवाका लागि छुटेको लु १ ख ८११३ नम्बरको बस लु २ ख ३७९ नम्बरको ठोक्किँदा बसमा सवार ११ जना घाइते भएका हुन् । घाइतेमध्ये नवलपरासी सुस्ता गाउँपालिकाका ४० वर्षीय रामकिसन चमार र बर्दघाट नगरपालिका–३ का ३२ वर्षीय दिलीप चौधरीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।

घाइते तीन जनाको नयाँ मेडिकल कलेज, सात जनाको पुरानो मेडिकल कलेज र एक जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस