मलेसियामा साथीको हत्या गरेर भागेका व्यक्ति त्रिभुवन विमानस्थलमा पक्राउ

काठमाडौँ । मलेसियामा साथीको हत्या गरि भागेका व्यक्तिलाई प्रहरीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । झापाको शिवसताक्षी नगरपालिका ३ का ४० वर्षीय धनबहादुर प्रधानको हत्याको आरोपमा महोत्तरीको गौशाला ५ का २४ वर्षीय अनिलकुमार साह पक्राउ परेका हुन् ।

विगत एक वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा काम गर्दै आएका धनबहादुरको सोही कम्पनीमा काम गर्ने अनिल कुमार साहले मंसिर २५ गते हत्या गरेको आरोप छ । हत्या गरेर नेपालतर्फ फरार भएको सूचनाका आधारमा उनलाई काठमाडौं प्रहरी परिसरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पक्राउ गरेको हो । उनी आफ्नो हुलिया बदली हिमालयन एयरलाइन्सबाट नेपाल आउँदै गर्दा पक्राउ परेका हुन् ।

मृतकको श्रीमतीको जाहेरी लिई ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दिन ५ म्याद लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ । मलेसियन प्रहरी र मलेसियास्थित नेपाली राजदूतावाससँग समेत समन्वय गरी थप अनुसन्धान कार्य भईरहेको काठमाडौं प्रहरी प्रवक्ता एसपी कुमोध ढुंगेलले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चौथो पटक विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिँदैछन् । आज बस्ने संघीय संसद् प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

प्रतिकृया दिनुहॊस

This will auto close after