साताको पहिलो दिन १३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १३ सय घटेको हो ।

यसदिन छापावाला सुन प्रतितोला एक लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलामा १ लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मुल्यमा कीर्तिमान

काठमाडौँ । सुनको मूल्य एकैदिन १७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ तोकेको हो । यो मूल्य अहिलेसम्मकै सबैभन्दा उच्च हो ।

प्रतिकृया दिनुहॊस